नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
अमेरिकाको मिसिगनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मास्कका विषयमा स्थानीय पसलमा भएको विवादको क्रममा एक ग्राहकमाथि चक्कु प्रहारको अभियोग लागेको व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको हो । लानसिङ्ग नजिकै रहेको स्टोरमा सन रुइस नाम गरेका व्यक्तिले ७७ वर्षका वृद्धलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
मास्क लगाएका वृद्धले रुइसलाई मास्क नलगाएकोमा गाली गरेका थिए । त्यसपछि रुइसले वृद्धलाई चक्कु प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । ४३ वर्षका रुइस पक्रन खोज्दा भागेकाले गोली चलाइएको र सोही गोली लागेर उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
गोली लागेका उनलाई अस्पताल लगिएको थियो, तर डाक्टरले मृत घोषित गरे । रुइसको आक्रमणबाट घाइते भएका वृद्ध अस्पतालमा छन् र उनको अवस्था स्थिर रहेको जनाइएको छ।