नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
नेकपामा विवाद चर्किरहेकै बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरूलाई एकाएक बालुवाटार बोलाएका छन् । स्रोतका अनुसार जनार्दन शर्मा, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापालगायत केही स्थायी कमिटी सदस्यहरूलाई बालुवाटार बोलाएर ओलीले छलफल गरिरहेका छन् ।
पार्टीका अध्यक्षद्वय विवाद मिलाउन लगातार बैठक बसिरहेका छन् । यस्तो अवस्थामा स्थायी कमिटीका प्रभावशाली नेताहरूलाई बोलाएर छलफल गर्नुलाई चासोको रुपमा हेरिएको छ । बुधबार पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बैठकले ठोस सहमति गर्न सकेको थिएन ।
यद्दपी ओलीले प्रचण्डसँग हुने भनिएको सहमतिका एजेण्डाका बारेमा उनीहरुसँग परामर्श लिन लागेको अनुमान गर्न सकिन्छ । ओली र प्रचण्ड साउन २ मा बस्ने स्थायी कमिटी बैठक अगाडि नै पार्टीभित्रको विवाद अन्त्य गर्न सहमत भैसकेका छन् ।