विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८६ हजार नाघ्यो, १ करोड ३६ लाख ९१ हजार संक्रमित

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ८२० पुगेको छ । त्यसमध्ये ५ हजार ७५४ जनाको पछिल्लो २४ घण्टायता मृत्यु भएको हो। एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै विहीबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९१ हजार नाघेको छ ।

एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । विहीबार यो समाचार तयार पार्दासम्म निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार ७५४ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ८०९ जना संक्रमित भएकोमा १५ लाख ४६ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९० हजार ६८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख ३५ हजार ८७५ पुगेको छ । त्यसमध्ये १९ लाख ९२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७३ हजार ८८९ जनाको मृत्यु भएको छ । ३१ लाख ३१ हजार २८ जना संक्रमित भएकोमा २२ लाख २ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १० हजार २७० जनाको मृत्यु भएको छ । ३० लाख ४९ हजार ४४१ जना संक्रमित भएकोमा १९ लाख ४९ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार २८ जनाको ज्यान गएको छ भने ६ लाख ४६ हजार ८६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ३५ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७६ जना संक्रमित भएकोमा ९ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १७ हजार १७७ जनामा संक्रमण देखिएकोमा ३९ जनाको निधन भैसकेको छ । ११ हजार २५ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार