नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १० लाख भन्दा धेरै पुगेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १० लाख तीन हजार ८ सय ३२ पुगेको छ । यद्यपि लकडाउन भने केही खुकुलो पारिएको छ । दिल्ली र महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ ।
शुक्रबार भारतमा झण्डै ३५ हजार संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म २५ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
त्यस्तै ६ लाख भन्दा धेरै व्यक्ति संक्रमण मुक्त भएका छन् ।