नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मृत्युदर अमेरिकामा सबैभन्दा कम भएको दाबी गरेका छन् । फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले विश्वभरको अवस्थासँग तुलना गर्दा अमेरिकाको मृत्युदर सबैभन्दा कम भएको दाबी गरेका हुन् ।
अमेरिकामा पर्याप्त परीक्षण भएकाले संक्रमितको संख्या बढी देखिए पनि मृत्युदर भने कम भएको उनको भनाइ छ । यद्यपि विश्वमा सबैभन्दा बढी अमेरिकामा कोरोना भाइरसबाट मानिसहरु प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा विश्वका सबै मुलुकभन्दा बढी छ ।
तर, जोन हप्किन्स विश्वविद्यालयले भने विश्वभरमा कोरोना संक्रमितको मृत्युदरमा अमेरिका सातौँ स्थानमा छ ।