पोर्चुगलमा फेरि एक जना नेपालीको असामयिक निधन

पर्वत जिल्ला घर भई विगत ५ वर्षदेखि पोर्चुगलको अलेन्तेजुस्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका रमेशबहादुर रेग्मीको साउन ४ गते अकस्मात असमायिक निधन भएको छ ।

४३ वर्षीय रेग्मीको अचानक भएको निधनको खबरले पोर्चुगलवासी नेपालीहरू स्तब्ध र मर्माहत भएका छन् । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले मृतकको शव राखिएको अस्पताल पुगेर जानकारी लिई आवश्यक सहयोग पुर्याउन जुटेको बताए ।



रेग्मीका श्रीमती, एक छोरा र एक छोरी पोखरामा रहेको पारिवारिक श्रोतले जनाएको छ । परिवारका यी सदस्यहरू पोर्चुगल आउने तयारीमा रहेका तर कोरोना कहरका कारण भएको लकडाउनले पोखरामा नै अड्किरहेका थिए ।

पछिल्लो समय पोर्चुगल आउने नेपालीहरूको संख्या बढेसँगै असामयिक मृत्युका घटनाहरू पनि बढिरहेका छन् ।

सम्बन्धित समाचार