वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको राम्रो शुरुआत

दोस्रो टेस्टमा घरेलु टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध बलियो पकड बनाएको छ । पहिलो इनिङमा ४६९ रनमा पारि समाप्तिको घोषणा गरेको इङ्ल्यान्डले चौथो दिनको समाप्तिमा २१९ रनको अग्रता लिएको छ ।

पहिलो इनिङमा ४६९ रन पछ्याउने क्रममा वेस्ट इन्डिज २८७ रनमै अलआउट भएपछि इङ्ल्यान्डले बलियो अग्रता बनाएको हो । चौथो दिनको खेल समाप्तिमा दोस्रो पारिमा इङ्ल्यान्डले दुई विकेट गुमाउँदै ३७ रन बनाएको छ ।



आज पाँचौ दिनको खेलमा इङ्ल्यान्डले पहिलो सेसन खेल्दै पारि समाप्तिको घोषणा गर्न सक्छ । तीन सय बढी रनको अग्रता लिएर वेस्टइन्डिजलाई ब्याटिङको निम्ता दिनसक्ने सम्भावना बढी छ ।

यस्तोमा वेस्टइन्डिज सम्हालिएर खेल्न नसके हारको सामना गर्न सक्ने सम्भावना छ भने सम्हालिएर खेल्दा खेल बराबरीतर्फ जान सक्नेछ । तीन टेस्टको शृंखलामा पहिले टेस्ट वेस्ट इन्डिजले जितेको थियो ।

सम्बन्धित समाचार