कोरोना विरुद्धको खोपको परीक्षण सकारात्मक भएपछि डब्लुएचओको स्वागत, १० करोड डोज बेलायतको अर्डर

कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको खोप बनिरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको सकारात्मक परिणाम भए पनि भाइरस विरुद्ध लड्नका लागि अझै काम गर्न आवश्यक भएको बताए।



उनले जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताए । कोभिड–१९ विरुद्धको खोप विकासमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ । बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

सम्बन्धित समाचार