कस्ता व्यक्तिलाई कोरोना संक्रमणकाबाट धेरै खतरा छ ?

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसले अहिले सबैको जनजीवन अस्तव्यस्त बनाएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ७६ हजार ४९७ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ६६ हजार ७२९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९ लाख ३३ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच वैज्ञानिकहरुले हालै मात्र सार्वजनिक गरेको एक शोधमा आवश्यक्त भन्द धेरै तौलका कारण पनि मानिसहरु कोरोनाको शिकार भईरहेको पत्ता लगाएका छन् ।



यी व्यक्तिहरूलाई धेरै छ खतरा

अनुसन्धानका वैज्ञानिकहरूले भने कि, कोरोना संक्रमित व्यक्तिहरु धेरै रोगका शिकार हुन सक्ने बताएका छन् । यसमा मुटुको रोग, उच्च रक्तचाप, मिर्गौला रोग रहेको छ । अब विशेषज्ञहरूले कोरोना भाइरस संक्रमण र यसबाट भएको मृत्युको बीचलाई जोडेर हेरेका छन् ।

विज्ञहरू भन्छन कि, आईसीयूमा भर्ना गरिएका कोरोना संक्रमित बिरामीमध्ये तीन चौथाई मानिस मोटोपनका बिरामी रहेको र उनीहरुको मृत्युको प्रतिशत अरूको तुलनामा ४० प्रतिशत धेरै रहेको पत्ता लागेको छ । तर मोटोपन भएका बिरामीहरुको हालत चिन्ताजनक कसरी बन्यो भन्ने बारेमा भने अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।

यद्यपि मोटोपनका बिरामीहरुको अवस्था गम्भीर किन भयो र सामान्य मानिसहरु भन्दा बढी मृत्यु किन भइरहेको छ भन्ने कुराको खुलासा भएको छैन । पब्लिक हेल्थ इंग्ल्याण्डका एलिसन टेडेस्टोनले भने, यो चिन्ताको विषय हो, मोटोपनले कोभिड १९ बाट गम्भीर रोग वा मृत्युको बढी जोखिम बनाउने गरेको छ ।

सामान्य तौलले कोभिड १९ को खतराबाट सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउँछ ।

सम्बन्धित समाचार