कोरोनाका कारण आर्थिक नोक्सानीले गर्दा बार्सिलोनाले नेइमार र लाउतारो भित्र्याउन नसक्ने

स्पेनिस क्लब बार्सिलोनाले नेइमार र लाउतारो मार्टिनज दुवैलाई साइन नगर्ने स्पष्ट गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेइमार र लाउतारोलाई साइन गर्न प्रयाससम्म पनि नगर्ने स्पष्ट गरेका हुन् । कोरोना महामारीका कारण क्लबलाई परेको आर्थिक नोक्सानीका कारण यी दुई हाइप्रोफाइल खेलाडीलाई भित्र्याउने बार्सिलोनाको योजना असफल भएको हो ।

क्लब अध्यक्ष जोसेपले बार्सिलोनाले नभित्र्याउने भनेपनि दुवै खेलाडी क्याप नेउ फर्किन लामो समयदेखि प्रयासरत रहेका छन् । २२ बर्षिय लाउतारोलाई अर्जेन्टिनाका उदियमान खेलाडीको रुपमा हेरिएको छ । हाल उनी इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका छन् । जोसेपले लाउतारोलाई भित्र्याउन बार्सिलोनाले इन्टर मिलानसँग कुराकानी गरेको भएपनि दुवै क्लबको सहमतिमा अहिलेलाई यो विषय होल्ड गरिएको बताएका छन् । उनले अहिलेको अवस्थामा ठुलो ट्रान्सफर शुल्क तिर्न क्लब असमर्थ रहेको समेत उनले स्पोर्ट्ससँगको कुराकानीमा बताएका छन् ।



उनले नेइमारको बारेमा कुरा गर्दै पिएसजीले समेत नेइमारलाई अहिलेको अवस्थामा नबेच्ने बताएका छन् । गत सिजनमा नेइमारलाई भित्र्याउन निकै प्रयास गरेको बताउदै उनले यस सिजनमा भने प्रयास नगर्ने बताए । र्सिलोनाले मार्चदेखि जुनसम्म २३५ मिलियन डलर नोक्सानी बेहोरेको बताउदै अवस्था नसुध्रिएमा अवस्था अझै जटिल हुने बताएका छन् ।

उनले बार्सिलोनामात्र नभएर सबै युरोपियन क्लबको अवस्था त्यस्तै भएको बताउदै यो असर केबल यस बर्षमात्र नहुने र यो २-३ बर्षसम्म जाने बताए । उनले नयाँ परिस्थिति अनुसार क्लबले रणनिति बनाउने समेत स्पष्ट गरेका छन् ।

जोसेप अर्को बर्ष हुने क्लबको पदाधिकारी निर्वाचनमा फेरी अध्यक्षका लागि उम्मेदवार बनिरहेका छन् । उनले फेरी अध्यक्ष बन्ने विश्वास गरेका छन् । यस सिजनको ला लिगा रियल म्याड्रिडले जितेपछि कप्तान समेत रहेका लियोनेल मेसीसहितले अध्यक्षको रणनितिको आलोचना गरेपछि जोसेपको बार्सिलोनामा मुश्किल बढिरहेको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार