नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
स्थानीय प्रशासनले जम्मू–कश्मीरको श्रीनगरमा दुई दिनका लागि कर्फ्यू लगाएको छ । जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा अन्त्य भएको वर्ष दिन पुगेका बेला विरोध प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले कर्फ्यू लगाएको हो ।
सोमबार र मंगलबारका लागि श्रीनगर प्रशासनले कर्फ्यू लगाएको हो। गएको वर्ष अगस्ट ५ मा नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेको थियो । योसँगै जम्मू–कश्मीरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजित गरेको थियो। मोदी सरकारको यो फैसला अति विवादित बनेको थियो।
कश्मीरका मुख्यधारका राजनीतिक पार्टीसहित देशका धेरै विपक्षी पार्टीले यसको आलोचना गरेका थिए ।