कोरोनाबाट भारतमा पूर्वमन्त्रीको निधन

कोरोनाका कारण भारतको मार्क्सवादी पार्टी  (सीपीएम) का वरिष्ठ नेता एवं पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको निधन भएको छ ।

उनको कोलकातास्थित एक अस्पतालमा बिहीबार निधन भएको हो । उनी ७६ वर्षका थिए । कोरोना संक्रमण पुष्टि भएपछि गत जुलाई ३० तारिखमा उनलाई अस्पताल भर्ना गरिएको थियो । तर स्वास्थ्यमा कुनै सुधार भएन र अन्नतः बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।



पश्चिम बंगालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी दोस्रो ठूलो नेता हुन् । यसअघि कोरोना संक्रमणबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको निधन भएको थियो ।

चक्रवर्ती सन् १९८२ देखि १९९६ सम्म पश्चिम बंगाल राज्यमा यातायात मन्त्री थिए ।

सम्बन्धित समाचार