नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
भारतमा कोरोना संक्रमित राखिएको एक होटलमा आगलागी भएको छ । आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागी हुँदा ७ जनाको ज्यान गएको हो ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । होटलमा ४० जना रहेका बेला आगलागी भएको हो ।
आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिए । घटनाको थप विवरण आउँन बाँकी छ ।