अस्ट्रेलियामा एकै दिन कोभिड–१९ बाट १९ जनाको मृत्यु

अस्ट्रेलियामा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता थपिएका बेला एकै दिन कोभिड–१९ बाट अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ ।

अहिले संक्रमण तीव्र गतिमा फैलिएको भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको कोभिड–१९ बाट ज्यान गएको हो । अस्ट्रेलियामा महामारीबाट सबैभन्दा बढी प्रभावित भएको राज्य हो भिक्टोरिया ।



अहिलेसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट निधन भएका ३१४ जना तथा संक्रमित २१ हजार ३९७ जना मध्ये एक तिहाइ भिक्टोरियाका छन् । भिक्टोरियाको राजधानी मेलबर्नमा एक महिनाअघि दोस्रो पटकको लकडाउन सुरु भएको थियो ।

सम्बन्धित समाचार