मुख्य समाचार

News-Image

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १५ जनालाई सफाइ, तीनजना दोषी ठहर

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ । उक्त प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सफाई पाउनुभएको छ । न्यायाधीशह... थप हेर्नुहोस्

News-Image

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भ... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री लम्साल

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ । तनहुँको दमौली र दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग छलफल गर्दै उहाँले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति... थप हेर्नुहोस्

News-Image

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमसम्बन्धी समीक्षा कार्... थप हेर्नुहोस्

News-Image

कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ : महामन्त्री पौडेल

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ । नेपाली कांग्रेस धादिङले आइतबार काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्... थप हेर्नुहोस्

News-Image

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतबार गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष... थप हेर्नुहोस्

News-Image

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक ... थप हेर्नुहोस्

News-Image

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगक... थप हेर्नुहोस्

News-Image

पोखरा–दुबई उडान दिगो बनाउन पहल

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भ... थप हेर्नुहोस्

News-Image

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीलाई ध्यानाकर्षण

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा मन्त्री लम्साललाई भेट... थप हेर्नुहोस्