मुख्य समाचार

News-Image

भारतका प्रधानसेनापति सेठ आज काठमाडौँ आउँदै

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधा... थप हेर्नुहोस्

News-Image

इन्डोनेसिया भूकम्प : सरकारद्वारा दुःख व्यक्त

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत मन्त्री खनालल... थप हेर्नुहोस्

News-Image

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ । शुक्रबारदेखि सुरु भएको तीनदिने भेलामा शनिबार शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा... थप हेर्नुहोस्

News-Image

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उहाँले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गर्नुभएको हो । शुक... थप हेर्नुहोस्

News-Image

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शनिबा... थप हेर्नुहोस्

News-Image

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा शनिबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्... थप हेर्नुहोस्

News-Image

आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा शनिबारदेखि सुरु भएको... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट नुवाकोटको पहिरोसहित जोखिम बस्तीको अवलोकन

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले शनिबार  नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेक... थप हेर्नुहोस्

News-Image

सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) को दोस्रो वार्षिक दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रत... थप हेर्नुहोस्

News-Image

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनुभएको छ । महर्षि कलेज सामाखुशीले शनिबार आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलु... थप हेर्नुहोस्