
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मा अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गर्नुभए... थप हेर्नुहोस्
सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नियन्त्रण, सुशासनलगायत सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । उहाँले सबै भ्रष्टाचारका काण्डको छानबिन ग... थप हेर्नुहोस्
ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गर्नु... थप हेर्नुहोस्
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनु भएको हो । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उहाँ राजीनामा दिन वाध्य हुनु भए... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सोमबार काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा सोमबार साँझ जारी विज्ञप्तिम... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा सोमबार भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घा... थप हेर्नुहोस्
ललितपुर जिल्ला प्रशासन कार्यालयले सोम्नर साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्... थप हेर्नुहोस्
जेनजी प्रदर्शनका क्रममा देशभर १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आन्दोलनको क्रममा देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंको सिभिल... थप हेर्नुहोस्
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ । म... थप हेर्नुहोस्
