मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समा... थप हेर्नुहोस्

News-Image

जेनजी प्रदर्शनकारीहरूद्वारा राष्ट्रपति भवनमा पनि आगजनी

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जेनजी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले केही बेर अघि राष्ट्रपति भवनमा आगजनी गरेको सुरक्षा स्रोतले बताएको छ । उग्ररुपमा प्रस्तुत भएका जेनजी प्रदर्शनकारीहरूले यस अघि संसद भवन, सिंहदरबार, सर्वोच्च, क... थप हेर्नुहोस्

News-Image

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी ग... थप हेर्नुहोस्

News-Image

जेनजीलाई संयमित हुन र सेनासँग वार्ता गर्न तयार रहन बालेनको आग्रह

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ । महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने कारागारबाट रिहा

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहाँलाई रिहा गरिएको कारागा... थप हेर्नुहोस्

News-Image

नेपालको घटनाक्रमप्रति भारतद्वारा दुःख व्यक्त

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भरतीय विदेश मामिला मन्त्रालयले सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै घटनामा धेरै युवाको ज्यान गएकामा दुःख व्यक्त गरेको छ । विदेश मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी आफ्नो विचार र प्रार्थना मृतकका परिवारहरुका साथमा र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्... थप हेर्नुहोस्

News-Image

रास्वपाका सांसदहरुद्वारा राजीनामा

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाक... थप हेर्नुहोस्

News-Image

प्रचण्डको निवासमा तोडफोड

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आच... थप हेर्नुहोस्