
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले केन्द्रबाट प्रवाह भइरहेका सेवा, ... थप हेर्नुहोस्
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चिवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ । रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आ... थप हेर्नुहोस्
सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कको मारमा अभिभावक परेका सरोकार भएका निकायका प्रतिनिधिले बताएका छन् । ‘खबर एजुकेशन’ द्वारा शनिबार आयोजित ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ ... थप हेर्नुहोस्
नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उहाँको निवासमा निधन भएको हो । पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभा... थप हेर्नुहोस्
नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको योगदानको स्मरण गर्ने भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोक... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । “नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित ना... थप हेर्नुहोस्
कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल शुक्रबार कालीकोट पुग्नुभएको छ । सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप शुक्रबार पार्टी कार्यालय च्यासलमा सार्वजनिक गर्नुभएको छ । सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने प्रवृत्ती हाबी हुँदै गएकामा चिन्ता व... थप हेर्नुहोस्
नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले व... थप हेर्नुहोस्
