मुख्य समाचार

News-Image

वामदेव गौतमले एमालेमा रहने इच्छा व्यक्त गरेपछि…  

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन् । आइतबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा भएको  भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी... थप हेर्नुहोस्

News-Image

पूर्वी नेपालमा बाढी पहिरो : बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्द... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८० असार ३, आईतवार
  • पत्रपत्रिका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिल... थप हेर्नुहोस्

News-Image

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भ... थप हेर्नुहोस्

News-Image

राहदानी विभागले अब पाँच हजारमै पासपोर्ट उपलब्ध गराउने

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि र... थप हेर्नुहोस्

News-Image

भारतीय चलचित्र रोक्न आग्रह गर्दै बालेनले लेखे मन्त्रालयलाई यस्तो पत्र (पत्रसहित)   

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै काठमाडौँ महानगरपालिकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले उक्त चलचि... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो । पुर्पक्षमा जेल चलान भएकाहरु ... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनीयताकोशपथ गराएका हुन्  । शपथ समा... थप हेर्नुहोस्

News-Image

किन सोध्यो बालेनलाई नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण?

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख सा... थप हेर्नुहोस्

News-Image

मेलम्ची बाढीको दुई वर्ष पूरा, प्रभावित अझै अस्थायी टहरामै बस्न बाध्य

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित ... थप हेर्नुहोस्