राष्ट्रिय समाचार

News-Image

कामपा-३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान

  • २०८२ पुष १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै ... थप हेर्नुहोस्

News-Image

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

  • २०८२ पुष १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म गुल्मी जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ल... थप हेर्नुहोस्

News-Image

पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

  • २०८२ पुष १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरो... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटा नगरपालिकाद्वारा एमबीबीएस अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान

  • २०८२ पुष १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले... थप हेर्नुहोस्

News-Image

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

  • २०८२ पुष १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधि... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

  • २०८२ पुष १८, शुक्रबार
  • रामहरि न्यौपाने

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको स... थप हेर्नुहोस्

News-Image

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

  • २०८२ पुष १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँहरू तीनै जनालाई द... थप हेर्नुहोस्

News-Image

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

  • २०८२ पुष १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । पहिचान, प्रचार र ... थप हेर्नुहोस्

News-Image

थारु बस्तीमा माघी पर्वको तयारी सुरु

  • २०८२ पुष १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ । यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा... थप हेर्नुहोस्

News-Image

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

  • २०८२ पुष १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी फाग... थप हेर्नुहोस्