राष्ट्रिय समाचार

News-Image

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

  • २०८३ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उहाँहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन हुनुभएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएका पर्वतारोहीहरूक... थप हेर्नुहोस्

News-Image

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

  • २०८३ कार्तिक ५, बुधबार
  • |  पूर्णप्रसाद मिश्र

बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प... थप हेर्नुहोस्

News-Image

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  पूर्णप्रसाद मिश्र

शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर... थप हेर्नुहोस्

News-Image

रौनक हराएको दशैं 

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  प्रगति ढकाल

यतिबेला कतै दशैंको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै विछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् । कतिका घरआँगन दशैंको स्वागतमा सिँगारिएका छन्, कतिका घरआँगन गत भदौ १० को भोटेकोशी बाढील... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हात्तीको आक्रमणबाट झापाको बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातःकालीन पदयात्रामा उहाँलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्... थप हेर्नुहोस्

News-Image

परम्परागत खाना जिब्रोको स्वाद मात्र नभई, नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  बिमलबहादुर बिष्ट

खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ । किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन । मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हु... थप हेर्नुहोस्

News-Image

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको ग... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटना हुँदा किशोरको मृत्यु

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङ... थप हेर्नुहोस्

News-Image

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  जनक श्रेष्ठ

नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार विजयादशमीका दिन लिगलिगकोटमा दौड आयोजना गरिन्थ्यो र दौडमा प्रथम हुने व्यक्ति राजा ब... थप हेर्नुहोस्

News-Image

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

  • २०८३ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पद... थप हेर्नुहोस्