राष्ट्रिय समाचार

News-Image

पाल्पामा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी(ईभी) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्य... थप हेर्नुहोस्

News-Image

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गर्नुभए... थप हेर्नुहोस्

News-Image

तोराखेतमा थकाली ‘होमस्टे’

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त होमस्टेमा एक दिनम... थप हेर्नुहोस्

News-Image

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन ... थप हेर्नुहोस्

News-Image

दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागक... थप हेर्नुहोस्

News-Image

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा ब... थप हेर्नुहोस्

News-Image

आगामी पुसमा बाघ गणना गरिने

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोक... थप हेर्नुहोस्

News-Image

उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिनुभयो । “गए ... थप हेर्नुहोस्

News-Image

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मधेसमा छठ सम्पन्न, ‘छठके सनेस’ सुरु

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ सम्पन्न गरे... थप हेर्नुहोस्