राष्ट्रिय समाचार

News-Image

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

  • २०८२ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ ... थप हेर्नुहोस्

News-Image

स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक बिहीबार अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्य... थप हेर्नुहोस्

News-Image

सोलुमा हिउँले ढाकेका भाग घट्दै

  • २०८२ मंसिर २५, बिहीबार
  • सुवास दर्नाल

दशकौँदेखि सोलुखुम्बुमा हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध प... थप हेर्नुहोस्

News-Image

पुस १ गतेदेखि बाघ गणना गरिँदै

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लाग... थप हेर्नुहोस्

News-Image

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उहाँका सिर्जना हुन् । त्यसैगरी, टुँडिखेलको... थप हेर्नुहोस्

News-Image

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्... थप हेर्नुहोस्

News-Image

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहा... थप हेर्नुहोस्

News-Image

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यसवर्ष गुल्मीमा धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन ... थप हेर्नुहोस्

News-Image

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा ... थप हेर्नुहोस्

News-Image

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

  • २०८२ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ... थप हेर्नुहोस्