राष्ट्रिय समाचार

News-Image

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा रोकी राखेको ग.प्र.०४-००१ ख ००५१ नम्बरको ट्रकमा बा.७ च २७१७ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा कारका चालक भरतपुर महानगरपालिका-११ बस्न... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधी... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरा... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहनुभएको छ । आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै ग... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • सुन्दरकुमार थकाली

मुस्ताङको मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोके... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा भीषण आगलागी

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, ... थप हेर्नुहोस्

News-Image

पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • सन्तोष गौतम

धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भए... थप हेर्नुहोस्

News-Image

साँखुमा सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट तीन जनाको मृत्यु

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गर... थप हेर्नुहोस्

News-Image

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ । राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्याल... थप हेर्नुहोस्