मुख्य समाचार

News-Image

आज लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्था... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्म... थप हेर्नुहोस्

News-Image

एमालेका रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भ... थप हेर्नुहोस्

News-Image

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बधबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोट... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री सँग भारतीय विद्युत्मन्त्रीको भेट, के भयो कुराकानी ?

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत् र सांस्कृतिक सम्ब... थप हेर्नुहोस्

News-Image

शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्व : सभामुख घिमिरे

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताउनुभएको छ । बुधबार विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक... थप हेर्नुहोस्

News-Image

धुलिखेल–साँगा सडक : पुलबजार क्षेत्रमा काम रोकियो

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–ब... थप हेर्नुहोस्

News-Image

६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाल... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको निन्दा

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको निन्दा

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “दुःखको यो घडीमा नेपा... थप हेर्नुहोस्