राष्ट्रिय समाचार

News-Image

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रु... थप हेर्नुहोस्

News-Image

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झा... थप हेर्नुहोस्

News-Image

दशैंका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हिन्दू नेपालीहरूको मुख्य चाड बडादशैं नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदे... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सिटी सफारीमा प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटर ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा नगरप... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिका र २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्ष... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्ग पुनः मर्मत गरिँदै

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बिपी राजमार्ग चाडवाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्याल... थप हेर्नुहोस्

News-Image

जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परे... थप हेर्नुहोस्

News-Image

तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन ... थप हेर्नुहोस्

News-Image

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान ... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्