राष्ट्रिय समाचार

News-Image

११ र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

११ र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा थापा

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रदान गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी थापालाई प्रदान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्... थप हेर्नुहोस्

News-Image

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि ए... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्था... थप हेर्नुहोस्

News-Image

दशैंका लागि बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दशैं नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दशैं पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी... थप हेर्नुहोस्

News-Image

बनस्थलीमा बसको ठक्करबाट मगरको मृत्यु

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा बिहीबार बसको ठक्क्रबाट पैदलयात्रीको मृत्यु भएको छ । उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर ... थप हेर्नुहोस्

News-Image

समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मागसहित महिला सरकारी वकिलको सम्मेलन सम्पन्न

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महिला सरकारी वकिलको समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मासहित १३ बुँदे घोषणापत्र जारी गर्दै महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गत भदौ २३ र २४ गते आयोजना गर्ने भनिएको उक्त सम्मेलनको २३ गते उद्घाटन गरी दुई वटा सत्र सञ्च... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न जिल्लाबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । झापाको झापा गाउँपालिका-६ चन्द्रबस्तीस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ४० वर्षीय रवी सोरेन गए राति मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथलीस्थित सुपर फा... थप हेर्नुहोस्

News-Image

बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, २२ घाइते

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्र... थप हेर्नुहोस्

News-Image

‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हिन्दू नेपालीहरूको महान् चाड दशैं आउन एक साता मात्रै बाँकी छ । यतिबेला दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दशैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू ... थप हेर्नुहोस्