राष्ट्रिय समाचार

News-Image

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ न... थप हेर्नुहोस्

News-Image

तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरप... थप हेर्नुहोस्

News-Image

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आ... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो । सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लाग... थप हेर्नुहोस्

News-Image

सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालनमा

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बह... थप हेर्नुहोस्

News-Image

ड्रोनबाट बाँडियो राहत

  • २०८१ आश्विन २२, मंगलवार
  • पत्रपत्रिका

ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ । पनौतीका बाढी र पहिरो प्रभावित बासिन्दाल... थप हेर्नुहोस्

News-Image

छतमा यात्रु बोक्नेसवारीसाधनलाई २० हजारसम्म जरिवाना

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीला... थप हेर्नुहोस्

News-Image

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उहाँको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उहाँको परिवारलाई स्थानीय बासिन्दा त... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ सितापाईला सोल्टी दोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको इभी गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती ब... थप हेर्नुहोस्