स्थानीय समाचार

News-Image

झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम   

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थि... थप हेर्नुहोस्

News-Image

जलेको कारबाट शव निकालियो

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ । स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको ... थप हेर्नुहोस्

News-Image

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान   

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ । नगर उपप्रमु... थप हेर्नुहोस्

News-Image

सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा ... थप हेर्नुहोस्

News-Image

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विस... थप हेर्नुहोस्

News-Image

पूर्वाधार विकासमा अग्रसर व्यास नगरपालिका

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध... थप हेर्नुहोस्

News-Image

मौसम : मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई... थप हेर्नुहोस्

News-Image

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्म... थप हेर्नुहोस्

News-Image

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँ... थप हेर्नुहोस्

News-Image

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा   

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्... थप हेर्नुहोस्