
लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । ... थप हेर्नुहोस्
स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक ... थप हेर्नुहोस्
सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठन र इपि... थप हेर्नुहोस्
कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । बीस वर्षमुनिका ९५० जना बालबालिका म... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याउनुभएको छ । सोमबार पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उहाँले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले ... थप हेर्नुहोस्
मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् । यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमणको आशङ्का ... थप हेर्नुहोस्
आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यह... थप हेर्नुहोस्
पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति सङघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमालय, कुश्मा र लायन्स क्लब अफ पर्वत अल्पेश्वरसँगका सहकार्यमा ग... थप हेर्नुहोस्
पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ... थप हेर्नुहोस्
