बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक (भिडियोसहित)

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ। मनोज सिग्देल (युरेश)को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतमा नेपाल आईडल फेम गायक बुद्ध लामाको स्वर रहेको छ । मनोज सिग्देलको लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ।

गीतकार सिग्देल र मोडल सम्पदा बानियालाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो। ‘आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हुँ’, सिग्देलले भने ।



सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु)ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।

 

सम्बन्धित समाचार