युभेन्टसका दोस्रो खेलाडी कोरोनाको संक्रमणमा

इटालियन क्लब युभेन्टसका दोस्रो खेलाडी कोरोनाको संक्रमणमा परेका छन् । युभेन्टसबाट खेल्ने फ्रेन्च मिडफिल्डर ब्लायस माटुइडीमा कोरोना संक्रमण पोजेटिभ देखिएको युभेन्टसले जानकारी दिएको छ ।

कुनै संक्रमण नदेखिदै आफुलाई सेल्फ आइसोलेसनमा राखेका माटुइडीको टेस्ट पोजेटिभ देखिएको हो । ३२ बर्षिय फ्रान्सका मिडफिल्डर माटुइडी कोरोनाको संक्रमणमा पर्ने दोस्रो युभेन्टसका खेलाडी हुन् । यस अघि गत बुधबार युभेन्टसका डिफेन्डर डानिएल रुगानीलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो ।



इटाली अहिले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको पाइएको छ । इटालीमा अहिलेसम्म २५ सय ३ जनाको मृत्यु भएको छ भने ३१ हजार ५०६ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचार