अमेरिकन आइडलमा दिवेशको जजलाई रुवाउने प्रस्तुति (भिडियाे सहित)

अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) ले नयाँ प्रस्तुति दिएका छन् । दिवेशले आफ्नै अडिसनको शुरुमा गाएको क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीतलाई आफैले रिएरेन्ज गरेर गाएका थिए ।

दिवेशको प्रस्तुतीपछि निर्णायक लिओनेल रिचीले सेन्टिमेन्टल बनाएको भन्दै रोएका थिए । दिवेशले छोटो समयमा आफूले एरेन्ज गरेर रिस्क लिदै गीत प्रस्तुत गरेको बताएका छन् । दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । यस अघि पनि दिवेशको प्रस्तुतिमा निर्णायकले निकै सराहना गरेका थिए ।



अमेरिकन आइडलमा दिवेशको यो तेस्रो प्रस्तुति हो । अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येका एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् । अमेरिकामा आफ्नो नाम अर्थर गन राखेका दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

सम्बन्धित समाचार