सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न सरकारी कोषमा १ लाख रुपैयाँ दिने

कोरोना भाइरसविरुद्ध लड्न सरकारद्धारा स्थापित सरकारी कोषमा क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत उक्त घोषणा गरेका हुन् ।

हेरचाह र सहयोगको आवश्यकता भएकालाई भुल्न नहुने भन्दै उनिहरुलाई पनि ध्यान दिनुपर्ने सन्दीपको भनाई छ। विश्वका सबै ठुला व्यावशायिक क्रिकेट प्रतियोगिता खेलिसकेका सन्दीपले यसअघि पनि विभिन्न सामाजिक काममा सहयोग गरेका थिए ।

सम्बन्धित समाचार