अमेरिकन आइडलको टप-२० मा प्रवेश गरे दिवेश

अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै आएका दिवेश पोखरेलले अमेरिकन आइडलको टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतवार प्रशारण भएको एपिसोडबाट उनी टप-२० मा प्रवेश गरेका छन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले आफूले दिएको हरेक प्रस्तुतिमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप-२० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतिमा पनि उनले जजबाट निकै तारिफ बटुलेका थिए ।



उनले यसैगरी राम्रो प्रस्तुतिहरु दिंदै गए भने उनले अमेरिकन आइडल जित्न पनि सक्छन् किनकी जजहरुबाट पनि उनले निकै राम्रो प्रतिक्रीया पाउँदै आएका छन् ।

सम्बन्धित समाचार