नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् ।
वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । पछिल्ला दिनहरुमा होपले चुनावी अभियानका क्रममा ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन्।
ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020