बलात्कार गर्ने युवकले पाए ३८४ वर्षको जेल सजाय

२३ वर्षका एक ट्याक्सी चालक युवकलाई अदालतले ३८४ वर्षको जेल सजाय सुनाएको छ । अफ्रिकी देश जाम्बियाका ती युवकले महिलाहरुलाई पहिले बलात्कार गर्थे र पछि ती महिलाहरुलाई यौनकर्मी भन्थे । उनले महिलाहरुलाई बलात्कारका साथै लुटपाट पनि गर्थे । घटनापछि उनले पीडित सबै महिलालाई यौनकर्मी हुन् भनेका थिए । त्यहाँको अदालतले उनलाई बलात्कारको अपराधमा दोषी ठहर गर्दै ३८४ वर्ष जेल सजाय सुनाएको हो ।

ती युवकले गत वर्ष मात्र कैयौं महिलालाई बलात्कार गरेका थिए । उनले खास गरी मोवाइल बुथमा काम गर्ने महिलाहरुलाई निशाना बनाउँथे । पहिले महिलाहरुलाई लुटपाट गर्थे त्यसपछि धम्की दिएर बलात्कारसमेत गर्थे । जाम्बियाको नडोलाको हाइकोर्टले फेलिक्स मवापे नामका ती ट्याक्सी चालकलाई यति धेरै अवधिको जेल सजाय सुनाएको हो । उनले महिलाहरुलाई चक्कु र बन्दूक देखाएर धम्क्याउँथे ।



ती युवकले अदालतमा आफूलाई बचाउन ती महिलाहरुलाई यौनकर्मी भनेका थिए र घटनापछि ती महिलाहरुले पैसा लिएको बताएका थिए । उनले केही महिलाहरुलाई आफूले नचिन्ने र आफूलाई फसाइएको दावी पनि गरेका थिए । जाम्बियारिपोर्टसका अनुसार अदालतले बलात्कार, लुटपाट, हिंसासहितका अपराधमा दोषी ठहर गरेको हो । ३८४ वर्षको सजाय पाएको भए पनि उनले जेलमा भने ४० वर्ष बिताउनुपर्नेछ किनकि उनका केही सजायहरु सामूहिक रुपमा एकसाथ काटिनेछन् । अदालतले उनलाई बलात्कारको अपराधमा २५ वर्ष, लुटपाटको अपराधमा ४० वर्ष, यौन हिंसाको आरोपमा १५ वर्ष सहित चोरीका अन्य विभिन्न अपराधमा पनि उनलाई जेल सजाय सुनाएको छ ।

सम्बन्धित समाचार