नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज, दोस्रो जितको खोजीमा नेपाल

नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो। विमल घर्तीमगरको निर्णायक गोलमा नेपालको जित हात पारेको थियो।

यसैबीच, मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन्। यसअघिको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन्। उनहिरको स्थानमा प्रशिक्षक अब्दुल्लाहले मनिष डाँगी र दर्शन गुरुङलाई टिममा राखेका छन्।



नेपाली टोली किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ समावेश छन् ।

सम्बन्धित समाचार