राजस्थानद्वारा कोलकाता पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१७ रन बनाएको थियो । राजस्थानका लागि जस बट्लरले १०३ रनको शतकीय पारी खेले भने सन्जु सामसनले ३८ रन बनाए । त्यस्तै शिम्रन हिटमायर २६ रनमा अविजित रहे भने देबदुत पडिकलले २४ रन जोडे । कोलकाताका लागि सुनिल नराइनले २ विकेट लिए भने आन्द्रे रसेल, प्याट कमिन्स र शिभम माभीको भागमा समान १-१ विकेट रह्यो ।



राजस्थानद्वारा कोलकाता पराजित

२१८ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता १९ ओभर ४ बलमा अलआउट हुँदै २१० रन मात्र बनाउन सक्यो । कोलकाताका लागि कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आरोन फिन्चले पनि ५८ रनको अर्धशतकीय पारी खेले भने उमेश यादवले २१ र नितिश रानाले १८ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए भने ओबेड म्याककोइले २ विकेट लिँदा प्रसिद् कृष्ण र रविचन्द्र आश्विनको भागमा समान १-१ विकेट रह्यो । चाहलले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै आफ्नो ह्याट्रिक पूरा गरे ।

राजस्थानद्वारा कोलकाता पराजित

जितसँगै राजस्थान ८ खेलमा ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ६ अंक जोडेको कोलकाता छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

राजस्थानद्वारा कोलकाता पराजित

राजस्थानद्वारा कोलकाता पराजित

 

 

सम्बन्धित समाचार