बैंगलोरद्वारा लखनउ पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । मंगलबार रति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो । प्रतियोगितामा बैंगलोरको यो पाँचौं जित हो भने लखनउको तेस्रो हार ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८१ रन बनाएको थियो । बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय पारी खेले भने शाहबाज अहमेदले २६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेल २३ रन बनाई आउट भए भने दिनेश कार्तिक १३ रनमा अविजित रहे । लखनउका लागि जेसन होल्डर र दुश्मन्था चामिराले समान २-२ विकेट लिए ।



बैंगलोरद्वारा लखनउ पराजित

१८२ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६३ रन मात्र बनाउन सक्यो । लखनउका लागि कुर्नाल पाण्डेयले ४२ रन बनए भने कप्तान केएल राहुलले ३० रन जोडे । यस्तै मार्कुस स्टोनिस २४ रन बनाई आउट भए भने दिपक हुडा र आयुष बाडोनीले समान १३-१३ रन जोडे । बैंगलोरका लागि जोश हाजलउडले ४ विकेट लिए भने हर्सल पटेलको भागमा २ विकेट रह्यो ।

बैंगलोरद्वारा लखनउ पराजित

जितसँगै बैंगलोर ७ खेलमा १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ८ अंक जोडेको लखनउ चौंथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र पन्जाब किङ्स भिड्दै छन् ।

बैंगलोरद्वारा लखनउ पराजित

बैंगलोरद्वारा लखनउ पराजित

सम्बन्धित समाचार