राजस्थानद्वारा बैंगलोर पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गरेको हो । प्रतियोगितामा राजस्थानको यो छैटौं जित हो भने बैंगलोरको चौथों हार ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले ५६ रनको अर्धशतकीय पारी खेले भने कप्तान सन्जु सामसनले २७ र रविचन्द्र आश्विनले १७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । बैंगलोरका लागि मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले समान २-२ विकेट लिए ।



राजस्थानद्वारा बैंगलोर पराजित

१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोर १९ ओभर ३ बलमा अलआउट हुँदै ११५ रनमा समेटियो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन बनाए भने वानिन्दु हसरंगाले १८ रन जोडे । त्यस्तै साहबाज अहमेद १७ रन बनाई आउट भए भने रजत पाटिदरले १६ रन बनाए । राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनको भागमा २ विकेट रह्यो ।

राजस्थानद्वारा बैंगलोर पराजित

जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ९ खेलमा १० अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावाद भिड्दै छन् ।

राजस्थानद्वारा बैंगलोर पराजित

राजस्थानद्वारा बैंगलोर पराजित

 

सम्बन्धित समाचार