दिल्लीद्वारा कोलकाता पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस एयरले ४२ रन बनाए । त्यस्तै रिन्कु सिंहले २३ रन जोडे । दिल्लीका लागि कुलदिप यादवले ४ विकेट लिए भने मुस्ताफिजुर रहमानको भागमा ३ विकेट रह्यो ।



दिल्लीद्वारा कोलकाता पराजित

१४७ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको लागि डेभिड वार्नरले ४२ रन बनाए भने रोभम्यान पावेलले अविजित रहँदै ३३ रन जोडे । यस्तै अक्षर पटेल २४ रन बनाई आउट भए भने ललित यादवले २२ र मिचेल मार्शले १३ रन जोडे । कोलकाताका लागि उमेश यादवले ३ विकेट लिए ।

दिल्लीद्वारा कोलकाता पराजित

जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने ९ खेलमा ६ अंक जोडेको कोलकाता आठौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किङ्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् ।

दिल्लीद्वारा कोलकाता पराजित

दिल्लीद्वारा कोलकाता पराजित

 

सम्बन्धित समाचार