नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जस अन्तर्गत साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले चुनावकै लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहने पार्टी प्रवक्ता महराले जानकारी दिए । त्यसअघि बैठकले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो ।
यो पनि पढ्नुस :