निहारिकालाई भेटेपछि बालेनले दिए यस्तो प्रतिक्रिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपूतलाई भेटेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवास अगाडी आत्मदाह प्रयास गरेकी निहारिकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पाल लागिएको थियो । मेयर शाहले निहारिकालाई भेटेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।



तस्विर सार्वजनिक गर्दै बालेनले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् । ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ बालेनले फेसबुकमा लेखेका छन् ।

आफू १७ वर्षकी हुदाँ जनकपुरका शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनी बताउँदै आएकी छिन् । उनी राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् । यसअघि निहारिका र सरकारबीच ५ बुँदे सहमति भएपछि उनले गत असार ३ गते अनशन तोडेकी थिइन् । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् । गत साउन २० बाट उनी आमरण अनशनमा रहेकी छिन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति थियो  ।

 

 

यो पनि पढ्नुस :

कुमारी आमा’ले गरिन् राष्ट्रपति भवन अगाडी आत्मदाह प्रयास

जुस खाएर अनशन तोडिन् निहारिकाले, यस्तो भयो सहमती

निहारीका राजपूतलाई न्याय दे सरकार !

 

सम्बन्धित समाचार