केन्याविरुद्ध नेपाल बलिङमा

घरेलु टोली केन्यविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङको निम्तो दिएको हो ।

नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनाका साथ मैदान उत्रदै छ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहँदै सिरिज आफ्नो पक्षमा परिसकेको छ । यता घरेलु टोली केन्या पनि नेपाललाई पराजित गर्दै सान्त्वना जित हात पार्ने लक्ष्यका स्थान मैदान उत्रदै छ ।



शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने शनिबार भएको दोस्रो एकदिवसीयमा केन्या नेपालसँग १७ रनले हारेको थियो । यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

सम्बन्धित समाचार