भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी

भारतविरुद्धको पहिलो टी-२० खेलमा अष्ट्रेलिया विजयी भएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली भारत पाहुना टोली अष्ट्रेलियासँग ४ विकेटले पराजित भएको हो ।

भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी



मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ५५ रन बनाए । त्यस्तै सूर्यकुमार यादव ४६ रन बनाई आउट भए भने कप्तान रोहित शर्माले ११ रन जोडे । अष्ट्रेलियाका लागि नाथन एलिसले ३ विकेट लिए भने जोश हजलउडले २ विकेट लिँदा क्यामरुन ग्रीनको भागमा १ विकेट रह्यो ।

भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी

२०९ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको लागि क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले भने म्याथ्यु वेड ४५ रनमा अविजित रहे । यस्तै स्टिभ स्मिथले ३५ रन बनाई आउट भए भने कप्तान आरोन फिन्चले २२ रन जोडे । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिँदा युजभेन्द्र चाहलको भागमा १ विकेट रह्यो । जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी

भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी

सम्बन्धित समाचार