नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० ब्याटिङको नयाँ वरीयतामा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल र दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् ।
नयाँ वरीयतामा कुशल ५१ औं र दीपेन्द्र ५८ औं स्थानमा उक्लिएका छन् । कुशल यसअघि ५२ औं र दीपेन्द्र ५९ औं स्थानमा रहेका थिए । त्यस्तै टी–२० को बलिङतर्फको वरीयतामा सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औँ स्थानमा रहेका छन् । टी-२० ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा रहँदा बलिङमा अष्ट्रेलियाका जोस हाजलउड शीर्ष स्थानमा रहेका छन् ।
यस्तै दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा यथावत् रहँदा बंगलादेशका शकिब अल हसनअलराउण्डरको शीर्ष स्थानमा छन् ।