इन्डोनेसियाको एक फुटबल मैदानमा भागदौड हुँदा १२७ जनाको मृत्यु

इन्डोनेसियाको एक फुटबल खेलमा प्रदर्शन गर्ने क्रममा प्रहरीले अश्रुग्यास चलाउँदा भएको भागदौडमा १२७ जनाको मृत्यु भएको जनाइएको छ । पूर्वी जाभामा भएको प्रतिस्पर्धामा राइबल टिमका रुपमा रहेको एरेमा एफसी र पेर्सेबयाबिचको खेलमा एरेना एफसी पराजित भएपछि समर्थक उग्र हुँदा १८० बढी घाइते भएका छन्।

एक भिडियोमा अन्तिम सिटी बजेपछि प्रशंसकहरु मैदानमा कुदेको देख्न सकिन्छ । पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले हिंसा भएपछि अश्रुग्यास प्रहार गरेको दाबी गरेका छन् । भागदौडका कारण निसासिएर धेरैको ज्यान गएको हो । प्रहरी प्रमुख निकोले मृत्यु हुनेमा २ जना प्रहरी अधिकारीहरुपनि रहेको बताए । अफिन्टाले स्टेडियम भित्र ३४ जनाको निधन भएको र बाँकीको अस्पतालमा निधन भएको बताए ।



सबै समर्थकहरु बाहिरिने क्रममा एकै ठाउँबाट ठेलमेठेल गरेर निस्कँदा अक्सिजनको कमि भएको उनले दाबी गरे । सामाजिक सञ्जालमा यत्रतत्र शवहरु देख्न सकिन्छ । यो बिचमा इन्डोनेसियन फुटबल संघ (पिएसएएआई)ले यो घटनाको छानविन सुरु गरेको जनाएको छ । उसले इन्डोनेसियन फुटबललाई नै सर्वनाक खराब अबस्थामा पुर्याएको दाबी गर्दै दुख:द घटनाको सत्यतथ्य बाहिर ल्याउने जनाएको छ । घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।

 

 

सम्बन्धित समाचार