रहेनन् महान् फुटबलर पेले

विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनको उपचारका क्रममा ब्राजिलको साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएका छन् ।



पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।

पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् । पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।

 

सम्बन्धित समाचार